नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

Online Arthik










