राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको कुल ३८ लाख ३२ हजार ६८६ कित्ता सेयरको लक इन अवधि साउन ८ गते समाप्त हुने भएको छ ।

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  लक इन अवधि खुल्न लागेको कुल सेयरमा ३१ लाख ८६ हजार ५२८ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख ७५ हजार १७० सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ७० हजार ९८८ कित्ता रहेको छ ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ । कम्पनीले संस्थापक , आयोजना प्रभावित क्षेत्रका बासिन्दाका, कर्मचारी र सर्वसाधारणका लागि जारी सेयर २०७९ साउन ९ गते बाँडफाँड गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया