असार ९ गते बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले यही असार २७ गते विशेष साधारण सभा डाकेको छ ।
उक्त सभा काठमाण्डौका सिंहदरबारमा रहेको उद्योग मन्त्रालयको सभाकक्षमा अपराह्न एक बजेदेखि सुचारु हुनेछ ।
सभामा नेपाल आयल निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को दफा २१ बमोजिम स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Online Arthik










