नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार १२ गते स्वीकृती पाएको हो ।

सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’  नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । बैंकले यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता आम सर्वसाधारणका लागि जारी गर्नेछ ।

८ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज पाइने छ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

 

तपाईको प्रतिक्रिया