यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असार ३० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि ३१ औं साधारण सभा आयोजना गर्दैछ ।

 

तपाईको प्रतिक्रिया