यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असार ३० गते सोमबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाण्डौँमा सम्पन्न भएको हो ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभाबाट पारित गरियो ।
साथै सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरियो ।

Online Arthik









