लक्ष्मी सनराइज (एलएस) क्यापिटल लिमिटेडले आफ्ना विभिन्न म्युचुअल फण्ड योजनाहरूमा लाभांश तथा प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले कुल ६ वटा योजनाका लागि लाभांश घोषणा गरेको हो। यस अन्तर्गत, लक्ष्मी उन्नती कोषमा करसहित २० प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डमा १४ प्रतिशत, र सनराइज फोकस्ड ईक्विटी फण्डमा १३.५० प्रतिशत लाभांश वितरण गरिनेछ। आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मूल्य (NAV) १२.४६, सनराइज फस्ट म्युचुअल फण्डको ११.९३ र सनराइज फोकस्ड ईक्विटी फण्डको १२.१३ रहेको क्यापिटलले जानकारी दिएको छ। साथै, खुल्लामुखी योजना शुभ लक्ष्मी कोषमा १६ प्रतिशत, बन्दमुखी योजना लक्ष्मी भ्यालु फण्ड–२ मा १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डमा १९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरिएको छ। लगानीकर्ताहरूको विश्वास र अपेक्षालाई मध्यनजर गर्दै क्यापिटलले आगामी दिनहरूमा पनि निरन्तर लाभांश तथा प्रतिफल वितरण गर्ने प्रतिबद्धता जनाएको छ।

Online Arthik










