माछापुच्छ्रे बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७४र७५ र २०७५र७६ सम्मको नगद लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । लाभांश सूचना प्रकाशित भएको १ महिनाभित्र बुझिसक्नु पर्ने बैंकले आग्रह छ । लाभांश लिन काठमाण्डौको बाघदरबारमा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लमा अवस्थित बैंकको सेयर विभागमा सम्पर्क राख्नु पर्नेछ ।
निर्धारित समयभित्र लाभांश बुझ्न नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ । नगद लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण बैंकको वेबसाइटमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया