मन्दाकिनी हाइड्रोपावर लिमिटेडले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। कम्पनीले यस हकप्रद सेयरबाट प्राप्त रकममध्ये २३ करोड ३४ लाख रुपैयाँ ऋण तिर्न तथा माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीले उक्त आयोजना निर्माणमा ३५ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ। आयोजना निर्माणको अनुमानित लागत ६५ करोड ९२ लाख रुपैयाँ भए पनि ४६ करोड ३३ लाख रुपैयाँ मात्र बैंकबाट टर्म लोनस्वरूप स्वीकृत भएको छ। बाँकी १९ करोड ५९ लाख रुपैयाँ स्व–लगानीका लागि समेत हकप्रद रकम उपयोग गरिनेछ।
पूर्व स्वीकृति प्राप्त गरेपछि कम्पनीले अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर निष्कासनका लागि औपचारिक अनुमति माग्ने जनाएको छ।

Online Arthik









