इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यका साथ भुक्तानी सम्झौता गरेका छन्। यस सम्झौतापछि इजी रेमिटको माध्यमबाट नियो मनी ट्रान्सफरमार्फत नेपालका कुनै पनि बैंक खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा प्रत्यक्ष रेमिट्यान्स पठाउन सकिनेछ। साथै, नियो मनी ट्रान्सफरका स्थानीय एजेन्टमार्फत पनि रकम प्राप्त गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

यो साझेदारीले पैसा पठाउने ग्राहकका लागि भरपर्दो र आधिकारिक माध्यम उपलब्ध गराउने मात्र नभई, अनौपचारिक कारोबारको सट्टा सुरक्षित र पारदर्शी विकल्पलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ। इजी रेमिटको विशाल विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो भुक्तानी संरचनाले रेमिट्यान्स सेवालाई अझ सहज, सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, “इजी रेमिटसँग मिलेर अझ उत्कृष्ट रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो। हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ र यसरी औपचारिक माध्यमको प्रयोगलाई बढावा दिँदै देशको वित्तीय प्रणालीलाई मजबुत बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई विश्वास छ।”

तपाईको प्रतिक्रिया