हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म ९७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा ३२.९५ प्रतिशतले कम हो। अघिल्लो आवमा कम्पनीको खुद नाफा १ अर्ब ४५ करोड रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा १ अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको कुल आम्दानी अघिल्लो आवको २ अर्ब १७ करोडको तुलनामा ३४.०६ प्रतिशतले कम हो।
हाल कम्पनीको कुल चालु सम्पत्ति १६ अर्ब ८७ करोड रुपैयाँ र कुल चालु दायित्व २० करोड ३१ लाख रुपैयाँ रहेको छ। रिजर्भ भने ३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी (EPS) अघिल्लो आवको ६.३७ रुपैयाँबाट घटेर ३.९७ रुपैयाँमा पुगेको छ। यसैगरी, प्रतिसेयर नेटवर्थ ११५.०३ रुपैयाँ, पीई अनुपात ७३.७९ गुणा र तरलता अनुपात ८३.०७ प्रतिशत कायम भएको कम्पनीले जनाएको छ।

Online Arthik










