प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमण गर्नुअघि चीन जाने भएका छन्। मन्त्रिपरिषद्को भदौ २ गतेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री ओली चीनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को बैठकमा सहभागी हुन चीन सरकारको निमन्त्रणामा प्रस्थान गर्ने जानकारी दिएका हुन्।
गुरुङका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्रीसँगै को–को सहभागी हुने भन्ने विषय भने अहिलेसम्म टुंगो लागिसकेको छैन।
यसअघि आइतबार काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए।

Online Arthik









