भेन्चर हायर पर्चेजका सीईओ बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरूले अटोमोबाइल क्षेत्रमा करिब २६ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको बताएका छन् ।

‘नाडा अटो सो २०२५’ अन्तर्गत आयोजित अन्तरक्रियामा उनले काठमाडौंमा दर्ता भएका कम्पनीहरूले गाउँ–गाउँमा कर्जा प्रवाह गरिरहेको जानकारी दिए । शर्माले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह गर्दै विद्युतीय गाडीमा कर्जाको माग तीव्र भएको उल्लेख गरे ।

उनका अनुसार अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा बिक्रीपछिको सेवा र नेपालमै उपलब्ध सर्भिसलाई प्राथमिकता दिइने गरेको छ भने खराज कर्जाको समस्या न्यून देखिएको छ ।

तपाईको प्रतिक्रिया