टिम भेञ्चर्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ३ गते दिउँसो ३ बजे काठमाण्डौको लाजिम्पाटस्थित दूषित प्रिन्सेसमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको आईपीओ जारी गर्ने विशेष प्रस्ताव, पूँजी वृद्धि र त्यसअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, गत आवको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने निर्णय पनि हुनेछ।

Online Arthik










