नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर (IPO) निस्कासन गर्ने निर्णय गरेको छ।

काठमाडौंमा बिहीबार सम्पन्न कम्पनीको पाँचौँ वार्षिक साधारण सभाले उक्त निर्णय अनुमोदन गरेको हो। साधारण सभाले चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ।

त्यसैगरी, सभाले कम्पनीका पाँच जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित सञ्चालकहरुमा श्री राजेन्द्रबहादुर सिंह, श्रीमती मेघा चौधरी, श्री भुवनचन्द्र भट्ट, श्री गजेन्द्रमान श्रेष्ठ र श्री मनिषकुमार खेम्का रहेका छन्।

साधारणसभाले लेखा परीक्षकका रूपमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछि आयोजित यो पाँचौँ साधारण सभा हो। कम्पनीले सार्वजनिक गर्ने २५ लाख कित्ता साधारण शेयर निस्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।

तपाईको प्रतिक्रिया