गृह मन्त्रालयले वर्षाको प्रभावमा नपरेका जिल्लाहरूमा सार्वजनिक कार्यालयहरू खुला गर्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै विपद् प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न आग्रह गरेको हो। शनिबार र आइतबार परेको अतिभारी वर्षाका कारण मन्त्रालयले सोमबारसम्म सार्वजनिक विदा दिएको थियो। तर मौसम क्रमशः सुधार हुँदै गएपछि मन्त्रालयले सार्वजनिक सेवा पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।

Online Arthik










