आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोस्थित Kathmandu National Medical College and Teaching Hospital/SB Health Care Pvt. Ltd बीच नगदरहित (Cashless) स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र Kathmandu National Medical College and Teaching Hospital/SB Health Care Pvt. Ltd का प्रमुख कार्यकारी अधिकृत श्री जहान्गिर अन्सारीले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गरेका बीमित महानुभावहरूले आफ्नो बीमालेखको सीमासम्म Kathmandu National Medical College and Teaching Hospital/SB Health Care Pvt. Ltd मा नगदरहित हस्पिटलाइजेशन (Cashless Hospitalization) सुविधा प्राप्त गर्न सक्नेछन्।
सोही अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले अस्पतालसँगको यो सहकार्यले बीमित ग्राहकहरूलाई थप सहजता मिल्ने बताउँदै, अस्पताल र यससँग आवद्ध सदस्यहरूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवाहरू आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट आत्मविश्वासका साथ लिन आग्रह गर्नुभयो।
त्यस्तै, Kathmandu National Medical College and Teaching Hospital/SB Health Care Pvt. Ltd का प्रमुख कार्यकारी अधिकृत श्री जहान्गिर अन्सारीले पनि अस्पतालका सन्तुष्ट ग्राहकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यले सेवा अझ छिटो, छरितो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

Online Arthik










