खानीखोला हाइड्रोपावर लिमिटेडद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयरको बाँडफाँड असोज २१ गते सम्पन्न भएको छ। कम्पनीले गत असार २६ गतेसम्म कायम सेयरधनीका लागि भदौ ३ गतेदेखि असोज ५ गतेसम्म आवेदन खुला गरेको थियो।
कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयरमध्ये रितपूर्वक आवेदन प्राप्त ४१ लाख ९७ हजार ७९४ कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी ४ लाख ५९ हजार ३४९ कित्ता सेयर अवितरित रहन गएको छ, जसलाई कम्पनीले लिलामीमार्फत बिक्री गर्ने जनाएको छ।

Online Arthik









