सरकारले घरजग्गा कारोबारका लागि नयाँ नियम लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार काठमाडौंसहित ६ वटै महानगर र धरानसहित ११ वटै उपमहानगरमा अब ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा अनिवार्य रूपमा कम्पनीमार्फत कारोबार गर्नुपर्ने भएको छ।
मालपोत ऐन, २०३४ मा संशोधन गर्दै सरकारले यो व्यवस्था लागू गरेको हो। भूमि व्यवस्था मन्त्रालयका सह–प्रवक्ता दामोदर वाग्लेका अनुसार जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यो कदम चालिएको हो। सरकारले यो प्रणाली क्रमशः देशभर विस्तार गर्ने तयारी गरेको छ।

Online Arthik










