एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्षको नाफाबाट ६% बोनस सेयर र १४% नगद लाभांश (करसहित) गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, आर्थिक वर्ष २०८२/८३ का लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मत रूपमा पारित गरिएको छ। बैंकले आगामी वर्ष डिजिटल बैंकिङ विस्तार र ग्राहक–मैत्री सेवामा ध्यान केन्द्रित गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया