अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज बढेको छ। स्थानिय बजारमा आज सुनको मूल्य प्रति तोला २,७०० रुपैयाँले वृद्धि भएको छ। यस वृद्धिसँगै आज सुनको कारोबार प्रति तोला २,३९,००० रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुनको मूल्य स्थिर रहँदै प्रति तोला २,३६,३०० रुपैयाँ कायम थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २,९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले वृद्धि भई प्रति तोला ३,०६० रुपैयाँमा कारोबार भइरहेको छ।

Online Arthik









