प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको तीनदिने “अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम” चितवनको सौराहामा भव्य रूपमा सम्पन्न भएको छ। कार्तिक १३ देखि १५ गतेसम्म चलेको कार्यक्रम मनोरञ्जन, सीप विकास र क्षमता अभिवृद्धिमूलक गतिविधिसहित सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले दीप प्रज्वलन गरेर गरेका थिए। उनले अभिकर्ता लिडरहरूको व्यवसायिक क्षमता वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न यस्ता तालिमहरूले महत्वपूर्ण भूमिका खेलेको बताए।
देशभरबाट दुई सयभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अरनिको सिंहले ‘द आर्ट अफ सेलिङ’ विषयमा प्रशिक्षण दिएका थिए, जसले सहभागीहरूमा नयाँ उत्साह र आत्मविश्वास जगाएको थियो।
कार्यक्रमको मुख्य आकर्षणमा लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्याण्डको लाइभ प्रस्तुति रहेको थियो।
कम्पनीले अभिकर्ताहरूको प्रेरणा, सम्मान र सीप विकासका उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।

Online Arthik










