शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। उमेरले ७१ वर्ष पुगेका उनले काठमाडौंको नयाँ बानेश्वरमा गएर नाम दर्ता गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत नाम दर्ता गराएको जानकारी दिँदै मन्त्री पुनले २१ गते हुने निर्वाचनका लागि आफू तयारी अवस्थामा रहेको बताएका छन्। उनले १८ वर्ष पुगेका सबै नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रहसमेत गरेका छन्।
फेसबुकमा उनले लेखेका छन्, “अब आउने सरकार जेनजी पुस्ताको बन्नुपर्छ। बुढो पुस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन् भन्ने कुरा समयान्तरमा ध्रुवसत्य भइसकेको छ। त्यसैले सबै उमेर पुगेका जेनजी भाइबहिनीहरूले नाम दर्ता गराउनुहोला।”

Online Arthik










