माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उत्कृष्ट प्रगति गरेको जनाएको छ। यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले वृद्धि भई ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३० करोड ५३ लाख ९३ हजार रुपैयाँभन्दा धेरै हो। विद्युत बिक्री आम्दानी पनि २३.७० प्रतिशतले बढ्दै ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँमा पुगेको छ भने ९ लाख रुपैयाँ बीमा दाबीसमेत प्राप्त भएको छ। कम्पनीको सञ्चालन मुनाफा ४७ करोड १६ लाख र कर अगाडिको नाफा ४३ करोड ४७ लाख कायम भएको छ। १५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख पुगेको छ भने हालै २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी (EPS) १६.२७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा पुग्न सफल भएको कम्पनीले मिस्ट्री खोला (४२ मेगावाट) र तादी खोला (५ मेगावाट) परियोजनाबाट नियमित विद्युत उत्पादन जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया