सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ। कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै हाल कायम ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजीमध्येबाट ५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ, जसको मूल्य २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबर पर्छ। त्यस्तै, कम्पनीले १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ, जसको रकम ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको छ। यस अनुसार कम्पनीले प्रस्ताव गरेको कुल लाभांश रकम ९९ करोड ५१ लाख रुपैयाँ हुने जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ।

Online Arthik










