स्थानिय बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला सुन ६ हजार ९ सय रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ मा कारोबार भएको सुन आज ठूलो परिमाणले घटेको हो। यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी १५० रुपैयाँले घटेर प्रतितोला ३ हजार १३५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Online Arthik










