त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दैछ, जसमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षता रहनेछ। गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रोकिएको त्रिविको नीति तथा कार्यक्रम आजको सभामा पुनः प्रस्तुत गरिँदैछ। ओलीले त्यसबेला नीति तथा कार्यक्रम रोक्न र केवल बजेट मात्र प्रस्तुत गर्न निर्देशन दिएका थिए, जसअनुसार रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रूपैयाँको बजेट पेश गरेका थिए। तर आजको सभामा भने नीति तथा कार्यक्रम प्रस्तुत हुने उपकुलपति दीपक अर्यालले जानकारी दिएका छन्।

Online Arthik










