आशा लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको १७९ औं बैठकले पुस ४ गते धुलिखेलस्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांशसहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ। त्यसअनुसार, मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता कायम भएका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया