नेपालका औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै आइतबार बिहान औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्। विरोध कार्यक्रममा व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर उपदफाको विरोध गरेका थिए।
नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐनको उक्त दफा संशोधन गर्दा व्यवसायीहरूलाई पलायन गर्न खोजिएको आरोप लगाउँदै उपदफा ५ तत्काल खारेज गर्न माग गरे। उनले भने कि सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरू सञ्चालन हुँदै आएका छन् र प्रत्येक दिन पसल बन्द गर्ने समय १ घण्टाको दरले विस्तार हुँदै गएको छ। व्यवसायीहरूले १६ मंसिरसम्म आफ्नो माग सम्बोधन नभए १७ मंसिरदेखि थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन्। केही समय यता उनीहरूले आफ्नो माग पूरा गर्न धर्ना र प्रदर्शन जारी राख्दै आएका छन्।

Online Arthik










