सिक्लेस हाईड्रो लिमिटेडले चालु वर्षका लागि घोषणा गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको जानकारी गराएको छ। कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्रै घोषीत लाभांश प्राप्त गर्न र आगामी साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर तथा ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Online Arthik










