एनसेलको आधिकारिक मोबाइल एप ‘एनसेल एप’ को डाउनलोड संख्या एक करोड नाघेपछि कम्पनीले १० दिने ‘उत्सव कार्यक्रम’ सार्वजनिक गरेको छ। मंगलबारदेखि सुरु भएको यस योजनाअन्तर्गत हरेक दिन १० जना भाग्यशाली प्रयोगकर्ताले १० जीबी डाटा निःशुल्क प्राप्त गर्नेछन्। एप पहिलोपटक डाउनलोड गरी लग–इन गर्ने वा एपमार्फत कुनै पनि प्याक खरिद गर्ने ग्राहकहरू पुरस्कारका लागि योग्य हुने बताइएको छ। विजेताले प्राप्त गर्ने डेटा १० दिनसम्म प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजका अनुसार एक करोड डाउनलोड हासिल हुनु एप ग्राहकहरूको डिजिटल दैनिकीको महत्वपूर्ण हिस्सा बनेको प्रमाण हो। उनले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियान र कागजरहित सेवाप्रवाहलाई यस उपलब्धिले थप टेवा पुर्‍याएको बताए।

एनसेल एपमार्फत ग्राहकहरूले सेवा केन्द्र वा पसलमा नगई नै रिचार्ज, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, गुनासो दर्ता, सेवा सक्रिय/निष्क्रिय गर्नेसहितका सुविधा उपयोग गर्न सक्छन्। विदेशमा रहेका नेपालीले पनि यही एप प्रयोग गरी रोमिङ सेवा व्यवस्थापन तथा रिचार्ज गर्न सक्ने सुविधा पाउँछन्। गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुबैमा उपलब्ध यो एप प्रयोगकर्ताको सहजता र आवश्यकता अनुसार डिजाइन गरिएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया