भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक अवस्था तथा उपलब्ध नाफाको मूल्यांकनपछि यस वर्ष लाभांश नदिनुपर्ने ठहर गरेको हो।
बैठकले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वार्षिक आर्थिक विवरण, नाफा–नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सम्बन्धित अन्य अनुसूचिहरूको समीक्षा गर्दै यी सबै प्रतिवेदन स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णयसमेत गरेको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ का लागि पनि लाभांश वितरण गरेको थिएन, जसका कारण निरन्तर दुई वर्षदेखि सेयरधनीहरू लाभांशबाट वञ्चित हुने भएका छन्।

Online Arthik









