समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँका आधारमा कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिने संस्थाले जनाएको छ ।

Online Arthik










