छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर तथा १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया