एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता बढाउने उद्देश्यले विभिन्न विद्यालय र संस्थाका विद्यार्थीहरूका लागि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नुवाकोटस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युट मा मिति २०८२/०८/२९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विद्यार्थीहरुलाई पूँजी बजारका विभिन्न पक्ष र गतिविधिहरूबारे जानकारी दिइएको थियो। कार्यक्रममा कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए।
त्यसैगरी, काठमाडौंको श्री टङ्गाल उच्च माध्यामिक विद्यालयमा पनि विद्यार्थीहरूका लागि समान कार्यक्रम आयोजना गरिएको थियो। यहाँ स्कीम सहायक लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।
दुवै कार्यक्रममा सहभागी विद्यार्थीहरूले पूँजी बजारसम्बन्धी ज्ञान प्राप्त गर्दै विभिन्न जिज्ञासाहरूको समाधान पाएका थिए।

Online Arthik









