सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयरधनीहरूलाई वितरण गर्ने लाभांशको प्रस्ताव गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्ताव अनुसार, सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ। यस लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई, कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। बोनस सेयरले सेयरधनीको कुल सेयर संख्या बढाउँछ भने नगद लाभांशले प्रत्यक्ष नगद लाभ दिनेछ।

तपाईको प्रतिक्रिया