नेपाल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूका लागि नगद लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस वर्ष कम्पनीले बोनस सेयर दिने छैन र करिब १६ करोड ९ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने जनाएको छ।
लाभांश प्रस्ताव बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारण सभामा पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँ छ।

Online Arthik









