स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने भएको छ। प्राप्ति प्रयोजनका लागि यी दुई संस्थाबीच पुस ९ गते प्रारम्भिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हो।समझदारीपत्रमा हस्ताक्षर भएसँगै प्राप्ति प्रक्रियालाई अघि बढाउने सहमति दुवै पक्षबीच भएको छ। यस प्रक्रियालाई नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि औपचारिक रूपमा अगाडि बढाइनेछ।

स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–५ मा रहेको छ भने विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालय पनि काभ्रेपलाञ्चोक जिल्लाकै बनेपा नगरपालिका–१३ मा अवस्थित रहेको छ।

तपाईको प्रतिक्रिया