आज मिति २०८२ पौष १४ गते लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।

बैंकका अनुसार आ.व. २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको छ भने बैंकको वासलातको आकार रु ४४३ अर्ब पुगेको छ। सो आर्थिक वर्षमा बैंकले रु ४ अर्ब ६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

तपाईको प्रतिक्रिया