भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार आईपीओ पुस १७ गते बाँडफाँड गरिएको हो।

कम्पनीले गत पुस ३ गतेदेखि पुस ७ गतेसम्म सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई बिक्री खुला गरेको थियो। उक्त अवधिमा रितपूर्वक आवेदन दिएका लगानीकर्तामध्ये १० हजार जनाले सेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा कुमारी क्यापिटल लिमिटेडको वेबसाइट, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, सीडीएससीको ‘मेरो सेयर’ पोर्टल तथा आईपीओ रिजल्टमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। आईपीओ नपरेका लगानीकर्ताको रकम फिर्ता प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया