रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रारको रूपमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख व्यवस्थापन, सेयर दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरूको लगत अद्यावधिक गर्ने कार्य तथा सेयर रजिष्ट्रारअन्तर्गतका सम्पूर्ण जिम्मेवारीहरू रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

Online Arthik










