नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा स्तरोन्नति हुन नसकेका लघुवित्त वित्तीय संस्थाहरुलाई एकभन्दा बढी प्रदेशमा कारोबार गर्न रोक लगाउने भएको छ। केन्द्रिय बैंकले राष्ट्रिय स्तरमा स्तरोन्नती हुन नसकेको र एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेको संस्थाले २०७८ असार मसान्तभित्र कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री,बन्द वा स्थानान्तरण गरी सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरीसक्नु पर्ने व्यवस्था गरेको छ।
राष्ट्रिय स्तमा स्तरोन्नति हुन नसकेका तर एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र बनाई कारोबार गर्दै आएका लघुवित्तहरुले अब एक भन्दा बढी प्रदेशमा शाखा कार्यलय राख्न नपाउने भएका छन्।
प्रादेशिकस्तरको संस्थाले आफ्नाे कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेको शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरणको प्रक्रिया पूरा नगरेसम्म आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्लामा नयाँ शाखा विस्तार गर्न पाउने छैनन्।
राष्ट्रिय स्तरको थोक कर्जाको मात्र कारोबार गर्ने संस्थाको न्यूनतम चुक्ता पुँजी ६० करोड कायम गरिएको छ ।
इजतपत्रप्राप्त संस्थाले आफ्नो स्वीकृत भौगोलिक कार्यक्षेत्र बाहिर कर्जा प्रवाह गर्न पाउने छैन । अचल संपत्ती धितो राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको धितो र परियोजना÷व्यवसाय आफ्नो भौगोलिक कार्यक्षेत्र भित्रको हुनु पर्नेछ ।

Online Arthik










