छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा पुस २९ गते हेटौंडास्थित होटल सामना प्रालिमा संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाण्डौको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस संस्थाले हाल ६९ जिल्लामा १९७ वटा शाखामार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै ४ लाख ४० हजार ३०७ जना महिला सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । २०५८ सालमा स्थापना भएको संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद नाफा आर्जन गर्न सफल भएको छ । सोही मुनाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय साधारण सभाले गरेको छ । साथै, संस्थाको चुक्ता पूँजी हालको ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ रुपैयाँबाट वृद्धि गरी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा पुर्‍याउने निर्णय पनि पारित गरिएको छ । यस अवसरमा प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाबारे मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनमा प्रकाश राज विष्ट आगामी चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया