कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि कुल १३ हजार ८८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन आइपुग्ने गरी पेश गर्नुपर्नेछ।
संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा, उक्त सेयर संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ।

Online Arthik










