ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३औँ वार्षिक साधारण सभा पोखरा–८ स्थित सिटी स्क्वायर व्याङ्क्वेटमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष गणेश कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव हरि बहादुर बुढाथोकीले गर्नुभएको थियो।सभामा पूर्व सञ्चालक विश्व मोहन अधिकारी तथा मनोविज्ञान श्रेष्ठले बैंकले हालसम्म हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै आगामी वर्षहरूमा प्रतिफल वृद्धि गर्नुपर्ने विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय पहुँचबाट बञ्चित समुदायलाई बैंकिङ सेवामा समेट्ने, डिजिटल बैंकिङ उपकरणहरूको विस्तार गर्ने, दिगो लगानी प्रवर्द्धन गर्ने तथा हरित बैंकिङ र सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग अझ गहिरो सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।सभाको समापनमा सञ्चालक कृष्ण शंकर श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथि, सेयरधनी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया