नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

काठमाडौंको नागार्जुनमा अवस्थित जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले उत्पादन तथा बिक्री गर्दै आएका विभिन्न किसिमका जुत्तामा उक्त छुट सुविधा उपलब्ध गराइने नेपाल बैंकले जनाएको छ। छुट सुविधा बिल रकममा लागू हुने बताइएको छ।

सम्झौतापत्रमा पुस ३० गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि नेपाल बैंकका ग्राहक तथा कर्मचारीले देशभर रहेका आधिकारिक विक्रेतामार्फत ब्ल्याक हर्स इण्डष्ट्रिजद्वारा उत्पादित ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्। बैंकले यस्ता सहकार्यमार्फत ग्राहकलाई थप सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया