नेपालको अग्रणी अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले जाडो मौसमलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका घर तथा कार्यालय प्रयोगकर्ताका लागि गिजर मर्मत तथा जडान सेवा सुरु गरेको छ। यो सेवा रु. १,००० बाट सुरु हुने र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने भेटायोले जनाएको छ।

जाडो सुरु भएसँगै काठमाडौं उपत्यकामा गिजर बिग्रने, पानी ततिन ढिलो हुने, करेन्ट लाग्ने, अत्यधिक बिजुली खपत हुने तथा अनौठो आवाज आउनेजस्ता समस्या बढ्ने गर्छन्। यस्ता समस्याले दैनिक जीवन असहज बनाउनुका साथै सुरक्षाको जोखिमसमेत बढाउँछ। विज्ञहरूका अनुसार गिजर निरन्तर प्रयोग हुने उपकरण भएकाले ६ महिनामा एकपटक वा कम्तीमा वर्षमा एकपटक नियमित सर्भिसिङ आवश्यक हुन्छ।

भेटायोले अनुभवी तथा प्रमाणित प्राविधिकमार्फत छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने जनाएको छ। सेवाअन्तर्गत गिजरको सम्पूर्ण निरीक्षण, हीटिङ कोइल जाँच, थर्मोस्ट्याट परीक्षण, तार तथा जडानको अवस्था परीक्षण, स्केलिङ हटाउने, पूर्ण सफाइ, सुरक्षा परीक्षण तथा नयाँ गिजर जडान (पर्खाल, पाइप र तार जडान सहित) समेटिएको छ।

नियमित गिजर सर्भिसिङले उपकरणको आयु बढाउने, बिजुली खर्च घटाउने, पानी तताउने क्षमता सुधार्ने र करेन्ट लाग्ने जोखिम न्यूनिकरण गर्ने भेटायोको दाबी छ। यसले जाडोभरि निरन्तर तातो पानीको सुनिश्चितता गर्ने विश्वास कम्पनीले लिएको छ।

गिजर मर्मत वा जडान सेवा लिन इच्छुक प्रयोगकर्ताले Bhetayo App डाउनलोड गरी वा फोन नम्बर ९८०१०८८०८० मा सम्पर्क गरेर सजिलै सेवा बुक गर्न सक्नेछन्। एपमार्फत बुक गरेपछि प्राविधिक निर्धारित समयमा घरमै पुगेर समस्या समाधान गर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया