स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि निरन्तर जारी रहेको छ। आजको कारोबारमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ, जसका कारण सुनको भाउ ३ लाख रुपैयाँको सीमाभन्दा तल झरेको हो।
सोमबारको कारोबारमा सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको छ। यस गिरावटसँगै सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा सीमित बनेको छ।यसअघि अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्दै ३ लाख रुपैयाँमा झरेको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्यमा लगातार गिरावट देखिँदै आएको छ।यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको भाउ प्रतितोला ३ सय रुपैयाँले घट्दै ५ हजार २ सय रुपैयाँमा झरेको छ।

Online Arthik










