एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक–१७ (एनएफआरएस १७ – इन्स्योरेन्स कन्ट्रयाक्ट्स) अनुसार सार्वजनिक गरेको छ।
यसअघि एनएफआरएस–१७ अनुसार वित्तीय विवरण सार्वजनिक गर्ने शिखर इन्स्योरेन्स कम्पनी पहिलो भएको थियो। एनएफआरएस १७ को कार्यान्वयन क्रमिक रूपमा विकास हुँदै जाने प्रकृतिको भएकाले, एनएलजीले उपलब्ध अन्तर्राष्ट्रिय अभ्यास, प्राविधिक व्याख्या र व्यवस्थापनको सर्वोत्तम अनुमानलाई आधार मान्दै वित्तीय विवरण तयार गरेको कम्पनीले जनाएको छ।
कम्पनीले यो पहललाई बीमा क्षेत्रमा नयाँ मानक अनुसार रिपोर्टिङ अभ्यास सुरु गर्न महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। सरोकारवालाहरूले यस्ता प्रयासहरूले भविष्यमा थप स्पष्टता, परिष्करण र एकरुप अभ्यासतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा

Online Arthik










