स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार २९० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत मंगलबार सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ र चाँदी ५ हजार २४० रुपैयाँ रहेको थियो। सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ तथा चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ५ हजार ८३ अमेरिकी डलर र चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया